स्थानीय निर्वाचनकै शैलीमा जुपिट स्कुलमा क्याप्टेन चयन
एलएन गच्छदार
जेष्ठ,३ गते ( बुधबार )
,नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुने गर्छ। राजनीतिक पार्टी तथा भातृ संगठनको नेतृत्व छनोट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनबाट गरिँदै आएको छ। तर, मोरंगको सुन्दरहरैंचा नगरपालिका वाडा ३ मा रहेको जुपिटर इंगलिस स्कुलले क्याप्टेन र भाइस क्याप्टेनको छनोट निर्वाचन मार्फत गराएको छ।
विद्यालयमा परिसरमा विद्यार्थीहरूले मंगलबार मतदान गरेर छनोट गरेको विद्यालयले जनाएको छ। शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी सामाजिक शिक्षा तथा ब्यबहारिक शिक्षा प्रदान गर्न बिधालयले निर्वाचन कार्यक्रम सम्पन्न गरेका छन्। निर्वाचनको सम्पूर्ण प्रक्रियाहरुलाई समेटेर निर्वाचनबाट बिधालयको २०८० शैक्षिक सत्रका लागि बिधालय क्याप्टेन तथा भाइस क्याप्टेन प्रत्येक हाउसका हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन प्रत्यक्ष निर्वाचित गराएका छन्। बिधालय क्याप्टेनमा पुजा मण्डल भाइस क्याप्टेनमा जेनसी पाण्डे निर्वाचित भएका छन।

त्यसै गरी ब्लु हाउस क्याप्टेनमा साजन गिरि र भाइसमा अन्सिका खत्री निर्वाचित भएका छन् बहने रेड हाउस क्याप्टेन सम्राट कार्की र भाइसमा बर्षा अधिकारी भएका छन्। त्यसै गरी ग्रीन र एल्लो हाउस क्याप्टेनमा क्रमश: शिखर तामाङ् र आदर्श न्यौपाने निर्वाचित भएका छन् भने भाइस क्याप्टेनमा क्रमश: सरिता कार्की र संदेश खड्का निर्वाचित भएका छन।
प्रत्यक्ष निर्वाचित भएका उम्मेदबार बिधार्थीबाट एउटा समिति गठन गरी सामानुपातिकबाट थप बिधालय भाइस क्याप्टेन र हाउस भाइस क्याप्टेन चयन गरिने शिक्षक सुवास तमाङ्ले बताए।

विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको ’boutमा जानकारी गराई नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराई क्याप्टेन छानिएको हो । विद्यार्थीहरुको नेतृत्व चयन तथा मतदान सम्बन्धि ज्ञान प्रदान गर्ने उदेश्यले विद्यालयमा मतदान सम्पन्न गरीएको छ ।
बिद्यालयमा अध्यनरत कक्षा २ देखि १० सम्मका ६ सय १ जना विद्यार्थीहरु मतदानमा सहभागी रहेका थिए । आगामी पुस्ता लाई सबल बनाउन र असल नागरिक बन्न बालबालिका भएकोले विद्यालय स्तरबाट नै प्रयोगात्मक मतदान शिक्षा आवश्यक रहेको बिद्यालयका संस्थापक प्रिन्सिपल हरिशचन्द्र ढकालले बताए । किताबी ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई कठिन हुने भएकाले विद्यालयले मतदाता शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिएको हो।

प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेलेको छ ।
उक्त बिधालयमा प्लेग्रूप देखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ। १ हजार भन्दा बढी बिधार्थी रहेको बिधालयमा ५० जना भन्दा बढी कर्मचारी र शिक्षक रहेका छन्। कति अभिभावक मतदान शिक्षा’bout जानकार छैनन्। विद्यार्थीहरुमार्फत आफ्ना अभिभावकसम्म मतदान शिक्षा लौजान सहज हुनेछ।
