पूर्वाञ्चल पब्लिक सेकेण्डरी स्कूलको १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

एलएन गच्छदार / फागुन १५ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ मा रहेको पूर्वाञ्चल पब्लिक सेकेण्डरी स्कूलले आफ्नो १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

 

कार्यक्रमको उद्घाटन वडा नं. ५ का अध्यक्ष गणेश चौधरीले गरेका थिए।१६औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा समाजमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई “सामाजिक व्यक्तित्व सम्मान” प्रदान गरेको छ। ।

विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शिक्षक तथा विद्यालय व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गर्ने कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गर्दै सम्मान गरेको हो।

 

विद्यालय प्रिन्सिपल सन्तोष राईका  अनुसार यस्ता सम्मानले शिक्षक तथा कर्मचारीहरूलाई अझ प्रेरित गर्ने र गुणस्तरीय शिक्षामा टेवा पुग्ने विश्वास गरिएको छ। सम्मानित शिक्षक तथा कर्मचारीहरूले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासका लागि अझ बढी समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यालयले शैक्षिक उपलब्धि, अतिरिक्त गतिविधि तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाण-पत्र तथा स्मृति चिह्न प्रदान गरेको हो।

 

विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय प्रशासन तथा विशेष अतिथिहरूले सम्मान गरेका थिए। विद्यालय प्रशासनका अनुसार यस्ता सम्मान तथा पुरस्कार वितरण कार्यक्रमहरूले विद्यार्थीहरूलाई अझ बढी प्रेरित गर्ने र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने विश्वास गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक, हास्यव्यंग्य प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमूलक प्रस्तुति दिएका थिए। सहभागी विद्यार्थीहरूले आफ्ना विचार र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका थिए।

 

प्रिन्सिपल राईका अनुसार विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने तथा उनीहरूको आत्मविश्वास वृद्धि गराउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको हो। उपस्थित अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुति मनपराउँदै यस्ता गतिविधिले बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

 

विद्यार्थीहरूले पनि यस किसिमका सांस्कृतिक कार्यक्रमले आफूहरूलाई सिर्जनशील बन्न प्रेरित गर्ने भन्दै उत्साहजनक सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *