सुन्दरहरैंचामा हात्तीपाइले रोग निवारण सम्बन्धि अभिमुखीकरण
बिराटनगर : मोरङको सुन्दरहरैंचा हात्तीपाइले रोग निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय हात्तीपाईले रोग निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ को कार्यालयमा सम्पन्न भएको छ ।
वडा अध्यक्ष राम बिश्वास (खवास) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा मकवानपुर र जिल्ला स्वास्थ्य कार्यालय मोरङको आयोजनामा भएको उक्त कार्यक्रमा हात्तीपाईले रोग भनेको के हो ?
यो रोग कसरी लाग्छ ? यस रोगको लक्षण तथा चिन्ह, परिक्षण, उपचार तथा रोकथाम विधि, रोगको परिक्षण कसरी गर्ने बारे जानकारी दिईएको थियो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाकी राधा सुबेदीले हात्तीपाइले रोग निवारण अन्तर्गत आई आई एस आई कार्यक्रम मोरङमा सुरु भएको जानकारी दिंदै यो सुन्दरहरैंचा नगरपालिकाको १२ वटै वडामा सुरु भएको बताईन्।

सुन्दरहरैंचामा तीन वटा टोली बनाएर आई आई एस आई कार्यक्रममा संचालन भइरहेको सुबेदीले बताईन्। वडा नं. १ मा विभिन्न टोली बनाएको र ती टोलीले १०५ जनाको नमुना संकलन गर्ने बताईन्।
दिउसो नमुना संकलन गरेर परिक्षण गर्ने,रिपोर्ट पोजिटिभ आएमा अर्को माइक्रो फाईलेरिया रातीको १० बजे देखि २ बजेसम्म नमुना टेष्ट गर्ने र जस्तो पोजेटिभ आएको छ उसलाई र परिवारलाई औसधी खुवाइने उनले बताईन्। कार्यक्रमको सहजीकरण सुन्दरहरैंचा स्वास्थ्य शाखा प्रमुख लिलामणि दाहालले गरेका थिए।
यसअघि मोरङ लगायत देशै भरी हात्तीपाइले रोगको उन्मूलनको लागि नि:शुल्क वितरण गरिएको औषधि खान डराएकालाई अभियानमा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरूले घरघरमै पुगेर औषधि सेवन गराएका थिए।

