पथरी शनिश्चरेमा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा वडा नं १ टिम विजयी!

पथरी शनिश्चरे समाचारदाता – १७ गते

मोरङको पथरी शनिश्चरे वडा नम्बर १ को वडा कार्यालयले प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता -२०८१ को आयोजना गरेको छ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले फुटबल खेलका प्रमुख अम्पायरलाई हस्तान्तरण गर्दै उद्घाटन गरेका छन्।
आगामी २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई खेल नियमअनुसार ‘सडेन डेथ’ मा ६ गोलको विरुद्ध ७ गोल गर्दै विजय हासिल गर्यो । दुवै टिमबीच खेल बराबरीमा टुङ्गिएपछि ट्राइबेकर खेलाईएको थियो। ट्राईबेकर ‘सडेन डेथ’ तर्फ धकेलिएपछि खेल आयोजक वडा नम्बर १ ले विजय हासिल गरेको हो।
आजको खेलको म्यान अफ दि म्याच वडा नं ३ का जर्सी नम्बर ११ का गोलकिपर सुगम लिम्बु घोषित भए।
प्रतियोगिता उद्घाटन समारोहका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष भीमकुमार राई र अखिल नेपाल फुटबल सङ्घ मोरङका अध्यक्ष भीष्म बुढाथोकीले मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो। भोलिको खेल वडा नं २ र वडा नम्बर १० बीच हुने आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत पिताम्बर वस्ती, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य,
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नम्बर ८ का वडाध्यक्ष नवीन जङ् कार्की, वडा नं ३ का वडाध्यक्ष विजय लिम्बु, लगायतको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *