किशोरीहरूलाई लक्षित गरी ५० दिने लोक सेवा तयारी कक्षा तालिम

एलएन गच्छदार/ चैत्र १७ गते

मोरङ, सुन्दरहरैचा – सुन्दरहरैचा नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका किशोरीहरूलाई लक्षित गरी ५० दिने लोक सेवा तयारी कक्षा तालिम सुरु भएको छ।

आईतबार नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले संयुक्त रूपमा तालिमको ब्यानरमा हस्ताक्षर गर्दै तालिमको शुभारम्भ गरेका हुन्।

सुन्दरहरैचा नगरपालिका–४ को सभाहलमा सञ्चालन भईरहेको उक्त तालिम उर्जा सामुदायिक विकासको सहयोगमा आयोजित गरिएको हो। तालिमले नगरभित्रका किशोरीहरूलाई लोक सेवा तयारीका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य राखेको छ।

नगरप्रमुख गुरागाईले तालिम उद्घाटन कार्यक्रममा किशोरीहरूको सीप विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस्ता तालिमलाई अझ प्रभावकारी बनाउने उल्लेख गरे। उपप्रमुख चौधरीले किशोरीहरूलाई शैक्षिक तथा व्यावसायिक रूपमा सशक्त बनाउन तालिम महत्त्वपूर्ण हुने बताइन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशिक्षक तथा तालिममा सहभागी किशोरीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *