न्यू प्यागोडा इग्ङ्लिस बोर्डिङ स्कुलको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी शनिश्चरे, फागुन -१६ गते
मोरङ्गको पथरिशनिश्चरे वडा नं -१ मा रहेको श्री न्यू प्यागोडा इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो ३३ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
पथरी शनिश्चरे वडा नं. १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सुवेदी दङ्गालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पूर्व अभिभावक तथा पूर्व विद्यार्थी सम्मान, शिक्षक कर्मचारी सम्मान, लगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। उक्त अवसरमा पूर्व अभिभावक सम्मान अन्तर्गत खेमप्रसाद पौडेल, सीता राई कार्की , जगतबहादुर तिवारी, अभिनारायण सुवेदी र नन्दकेशर राई सम्मानित हुनुभएको थियो भने पूर्व विद्यार्थी सम्मानतर्फ हाल पथरी तथा उर्लावारी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक राजु लिम्बु, नेपाल राष्ट्रिय सौन्दर्यकर्मी पूजा भट्टराई, शिक्षक – कर्मचारी सम्मानतर्फ एलिना घिमिरे र पविना लिम्बुलाई सम्मानित गरिएको थियो।
उक्त अवसरमा विद्यालयका संस्थापक निर्देशक टिका प्रसाद दंगालले भौतिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका सञ्चालक रामकुमार बस्नेतले विद्यालयको सञ्चालक तर्फबाट ओजस्वी मन्तव्य राख्नुभएको थियो। विद्यालयका प्रिन्सिपल उद्धव निरौलाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा शिक्षक पुण्य पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शिक्षकहरूले ” पानी मिठो मेरो हजुर इलाम बजारको ” सुन्दर नृत्य पस्कनु भएकाे कार्यक्रमले सबैकाे मन खिचेकाे थियाे।
विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत, नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए। गत वर्षका विभिन्न तह र कक्षामा उत्कृष्ट हासिल गर्ने छात्र छात्राहरूलाई पुरस्कृत गरिएको थियो भने विभिन्न खेलकुद सप्ताहमा विजयी छात्रछात्राहरूलाई ट्रफी ,मेडल, प्रमाणपत्र समेतले पुरस्कृत गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *