इप्रका पथरीको नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन
पथरी शनिश्चरे समाचारदाता, असाेज-१८ गते
इलाका प्रहरी कार्यालय माेरङ्ग पथरीशनिश्चरेकाे नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन गरिएको छ ।
आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यमा सो नव निर्मित कार्यालय प्रमुख निवासको उद्घाटन गरिएको हो । एक तल्ला ४ कोठे निवासको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको विशेष सहयोग निर्माण गरिएको हो । यस्तै स्थानीय समाजसेवीहरूको पनि सहयोग रहेको भवन निर्माण समितिका सचिव इश्वर सापकोटाले जानकारी गराउनुभयो ।
इप्रका पथरीको परिसरमा निर्माण गरिएको सो भवन निर्माण समितिका अध्यक्ष रुपनारायण भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी सो निवास निर्माणमा सहयोग गर्ने संघ संस्था र व्यक्तिहरूलाई प्रमुख अतिथि खापुङले प्रशंशा पत्र तथा कदर पत्र वितरण गर्नुभएको थियो ।
