वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न
पथरी शनिश्चरे समाचारदाता,फागुन -१६ गते
मोरङ्गको पथरी शनिश्चरे वडा नं -२ मा रहेको श्री वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न मनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले वाल्मीकि मेमोरियल माध्यमिक विद्यालय रूपमा स्थापित भइसकेको भन्दै प्रशंसा गर्नुभयो। विद्यालयले हालसम्म ल्याएका नीति तथा कार्यक्रमहरू नगरपालिकाका शैक्षिक मापदण्ड भित्रै रहेको पनि उहाँले उल्लेख गर्नुभएको थियो।
कार्यक्रममा वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयका निर्देशक नवोलकिशोर खनालले वार्षिक प्रगति विवरण तथा भावी कार्ययोजना पेश गर्नुभएको थियो। उक्त अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयका विभिन्न तह र कक्षाका छात्र छात्राहरुलाई ट्रफी प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो भने गायन, नृत्य, ‘स्पिच’ , लगायत बालबालिकाले सुन्दर प्रतिभाहरू प्रस्तुत गरिएका थिए।
शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नम्बर २ का वडा सदस्य चन्द्रकुमार राई, नगर प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेत, समाजसेवी परशुराम मिश्र, लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु , विद्यालयका अभिभावक, विद्यार्थी शिक्षक शिक्षिकाहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल चन्द्र चन्द्रप्रसाद दुलालले गर्नुभएको थियो।
