पत्रकार बिजय खम्बू लगायत तीन जनालाई सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भूपू सैनिक स्कुलले मनाए २७ औं वार्षिकोत्सव

पत्रकार बिजय खम्बू लगायत तीन जनालाई सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भूपू सैनिक स्कुलले मनाए २७ औं वार्षिकोत्सव
पथरी शनिश्चरे समाचारदाता, फागुन -१७गते
पत्रकार बिजय खम्बू लगायत तीन जनालाई सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गर्दै भूपू सैनिक अंग्रेजी स्कुलले आज २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले तिम्मा न्युजका सञ्चालक विजय खम्बूलाई सम्मान पत्र र नगदले सम्मानित गरिएको छ । खम्बूसँगै असल अभिभावकको रुपमा विष्णुकुमार राई र बखतेबहादुर राउतलाई प्रशंसा- पत्र र खदाले सम्मान गरेका थिए ।
पत्रकार विजय खम्बूलाई कलमको माध्यमबाट सामाजिक परिवर्तनमा योगदान पु¥याउदै आएकाले सम्मान गरिएको उल्लेख छ ।
सम्मानित व्यक्तिहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष धनबहादुर रानामगर र प्रिन्सिपल उपेन्द्र कँडेलले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा पथरीशनिश्चरे नगरका शिक्षा विभाग प्रमुख नवीन खुलाल, नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी लगायतका अथितिहरु उपस्थिति रहेका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गीत तथा नाटक प्रस्तुत गरेर उपस्थिति दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *