सुन्दरहरैँचामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया सम्पन्न
मोरङको सुन्दरहरैँचा नगरपालिकामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको सह–आयोजक उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेश मोरङ जिल्ला समिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा खाद्य स्वच्छता, गुणस्तर मापदण्ड, उपभोक्ताको अधिकार, बजार अनुगमन तथा सुरक्षित खाद्य उपभोग सम्बन्धी विषयमा छलफल गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय सरोकारवाला, व्यवसायी, उपभोक्ता प्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
