चौथो सुन्दरहरैंचा मेयर गोल्डकप जेठ १६ गते देखि सुरु हुँदै

मोरङको सुन्दरहरैंचा–१२ स्थित सुक्रबारे खेल मैदानमा  “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” सुरु हुँदैछ। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

 

प्रतियोगिताको उद्घाटन खेल आज जेठ १६ गते दिउँसो ३ बजे बेलबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिका बीच हुने तालिका सार्वजनिक गरिएको छ।

त्यसैगरी जेठ १८ गते केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ। जेठ १७ गते सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिका आमनेसामने हुनेछन् भने जेठ १९ गते लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिका बीच खेल हुनेछ।

सेमिफाइनल खेलहरू जेठ २० र २१ गते दिउँसो ३ बजे सञ्चालन गरिनेछ भने फाइनल खेल जेठ २३ गते शनिबार हुने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समिति ले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। खेलप्रेमी दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको प्रतियोगितामा विभिन्न स्थानीय तहका उत्कृष्ट खेलाडीहरू मैदानमा उत्रिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *