सुन्दरहरैचामा नगर स्तरीय चित्रकलामा सिनियर तर्फ हिमालय स्कुल प्रथम
बिराटनगर : मोरङको विराटचोकमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैचाको आयोजनामा भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सिनियर तर्फ हिमालय एङ्ग्लिस स्कुलका असुतोष लिम्बु प्रथम भएका छन।
पाठ शाला बोर्डिङ स्कुलका सोनु लिम्बु द्वितीय भएका छन् भने हिमालय एङ्ग्लिस स्कुलकै सिजन लिम्बु तृतीय भएका छन्। जुनियर रतिओनल एकेडेमीकी सिवानी कार्की प्रथम भएकी छन्। यस्तै पाठ शाला बोर्डिङ स्कुलका सुफल भट्टराई द्वितीय छन् भने हिमालय एङ्ग्लिस स्कुलका अमृत लिम्बु तृतीय भएका छन्।

आधारभूत तर्फ कसमस एकेडेमीकी इशुकला लिम्बु प्रथम,हिमालय एङ्ग्लिस स्कुलकी देविका राई द्वितीय भएकी छन् भने बालबगैचाकी सुब्नारा बानिया तृतीय भएकी छिन्। क्रमश प्रथम,द्वितीय र तृतीय हुने विधार्थीहरुलाई प्रमुख अथिति समेत रहेकी सुन्दरहरैचा नगरपालिकाकी शिक्षा शाखा प्रमुख लिला देवि ओझाले मेडल,कप र प्रमाणपत्र दिएकी थिईन्।
कार्यक्रममा बोल्दै प्रमुख अथिति ओझाले निजी बिद्यालयले चित्रकला प्रतियोगिता गरेर राम्रो काम गरेको भन्दै खुशी ब्यक्त गरिन्। विद्यार्थीहरुलाई पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन सुझाव दिंदै आगामी दिनहरुमा पनि यस्ता खालका प्रतियोगिताहरु निरन्तर संचालन गर्नुपर्नेमा जोड दिईन्।

नगर एन प्याब्सन खगेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रमा विशिष्ट अतिथि एन प्याब्सन प्रदेश सहसचिव कमल खनाल र मोरङ जिल्ला एन प्याब्सन अध्यक्ष नारायण प्रसाद ढकाल रहेका थिए। कार्यक्रमको सहजीकरण मदरल्याण्ड स्कुलका प्रिन्सिपल इश्वोर ओझाले गरेका थिए।

