बाँसवारी लजमा गोप्य अश्लिल भिडियो
काठमाण्डौको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने क्याफेको म्यानेजर ४२ बर्षिय मुकेश माली पक्राउ । उनको मोबाइलमा विभिन्न व्यक्तिको भिडियो समेत भेटिएको प्रहरीले जनाएको छ । मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट ५ दिनको म्याद थपी अनुसन्धान भईरहेको छ ।




