बेलबारी खानेपानीमा निर्वाचन प्रक्रिया रोचक बन्दै


मोरङ ,२५ असोज
मोरङको बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि असोज २७ गते निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि दुई जनाले उम्मेद्बारी दिएका छन । अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट किशोर कुमार कार्की र ४ दलिय गठबन्धनबाट दुर्गा प्रसाद गौतमले उम्मेद्वारी दिएका छन ।

दुवै उम्मेद्वारहरुले आफ्नो चुनावी प्रतिबद्दतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेका छन । दुवै उम्मेद्वारहरुले घरदैलो अभियानमा भोट अपिल गर्दै हिँडिरहेका छन् । विद्युतीय माध्यम सामाजिक सञ्जाल मार्फत साथै प्रत्यक्ष रूपमा उपभोक्ताहरूसँगै भेटेर भोट माग्दै छन ।

बिहीवार नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका कार्कीले आफ्नो चुनावी प्रतिबद्दताहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन । कार्कीले आफ्नो १७ बुदे प्रतिबद्दताहरु सार्वजनिक गरेका छन । कार्कीले सार्वजनिक गरेको प्रतिबद्दताहरुमा उपभोक्तालाई शुद्द पानी उपलब्ध गराउने देखी उपभोक्ताको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने जस्तो महोत्वकाक्षीं प्रतिबद्दताहरु रहेका छन ।

कार्कीले सार्वजनिक गरेको प्रतिबद्दता बुदा नं १५ मा भनिएको छ: नियमित महशुल तिर्ने उपभोक्ताहरु मध्येबाट्सामाजिक दायित्व भित्र रहेर हरेक वडाबाट प्रत्येक वर्ष ५ जना परिवारक नि:शुल्क स्वास्थ्य बिमा गरिनेछ । त्यस्तै प्रतिबद्दता बुदा नं ६ मा भनिएको छ: बढ्दो शहरीकरण सगैं अत्याधिक पानीक मागलाई ध्यान दिदै साथै उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै स्वास्थ्यकार पानी वितरणका निम्ती नयाँ प्रविधिबाट पानीको शुद्दता गरी शुद्द पानी मात्र वितरण गरिनेछ ।

त्यस्तै कार्कीले खानेपानीमा हुने भ्रष्टचारको अन्त्य गर्ने बताएका छन । उनले आफ्नो प्रतिबद्दतामा भ्रष्ट हुन्नौ, भ्रष्टचार सहन्नौ यो निती सबैमा पूर्ण रुपमा लागु गरिने बताएका छन । काङ्ग्रेसबाट उम्मेद्वार बनेका कार्कीले आफ्नो समुहको जित सजिलै हासिल गर्न सक्ने दावी गरेका छन । निर्वाचनमा आफ्नो समुहले जित्नेमा ढुक्क रहेको बताउँदै बेलबारी खानेपानीमा आबद्द रहेका उपभोक्ता दाजुभाई दिदीबहिनी सबैले जिताएरै छाड्ने कार्कीले दावी गरे ।

गौतम नेतृत्वका उम्मेदवारहरू भन्दा कार्की नेतृत्वका उम्मेदवारहरू युवा रहेका छन् । बेलबारी ३ निवासी कार्की असल युवा व्यवसायीको रूपमा परिचित छन् । सबैभन्दा बढी उपभोत्ता बेलाबारी नगरपालिका वडा नं ३ मा रहेका छन । कार्की समेत बेलबारी ३ मै हुर्किएका कारण र उनी प्रतिस्पर्धी उम्मेद्वार गौतम भन्दा बलियो उम्मेद्वार रहेका छन । कार्कीका अनुसार आफु घरदैलो कार्यक्रममा मत माग्दै जादा समेत मतदातामा उत्साह छाएको छ । मत माग्न जानेक्रममा आफ्नो पक्षमा माहोल बनेको कार्कीले बताएका छन ।

नेपाली काँग्रेसको कार्की नेतृत्वको उपाध्यक्षमा प्रगति मोक्तान, सचिवमा सपना काफ्ले, कोषाध्यक्षमा रिक्त बहादुर गुरुङ, सदस्यमा चन्द्रजंग बस्नेत, पुष्कल सुवेदी, राजेश शाह, जानुका विश्वकर्मा, विष्णु दाहाल, लेखा समिति संयोजकमा दीपेन्द्र लामिछाने, नेत्र कुमारी ढकाल र जीवन बस्नेत रहेका छन् ।

कार्कीका प्रतिस्पर्धी रहेका गठबन्धका उम्मेद्वार गौतमा यस अघी बेलबारी खानेपानीको सस्थापक कोषाध्यक्ष र सचिव भइसकेका हुन । उनको कार्यकालमा खानेपानीको बिकासका लागि कुनै पनि दिर्घकालिन कार्यहरु नभएको उपभोक्ताले बताएका छन । उनले आफ्नो दुई कार्यकालमा खानेपानीको उत्थानका निम्ती केही कामा नगरेको कारण पनि उपभोक्ताहरु गौतम समुहका गठबन्धन सग असन्तुष्ट रहेका छन । गौतमसग उपभोक्त असन्तुष्टी हुनु र बेलबारीमा काङ्ग्रेस एक ढिक्का हुनुले पनि कार्की समुहको जित निश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *