थारु कला केन्द्रको आयोजनमा उदघोषण तालिम सम्पन्न

मोरंग

थारु कला केन्द्रको आयोजनामा शनिबार उदघोषण तालिम सम्पन्न भएको छ। मोरंगको बुढीगंगा गाउँपालिका वडा -४ मा रहेको स्मृति बोर्डिंग स्कुलमा भएको उक्त तालिम कार्यक्रममा ५६ जना सहभागी रहेका थिए।

स्मृतिमा पढ्ने कक्षा ९ र १० का विधार्थीलाई मास्टर अफ शेरोमणीको बिषयमा प्रशिक्षक एलएन गच्छदार र आउट बोन्डको बिषयमा प्रशिक्षक सनराइज चौधरीले तालिम सहजीकरण गरेका थिए।
मनोबैज्ञानिक, मैत्रीपूर्ण तथा खेल बिधिबाट प्रशिक्षण गरिएको थियो। तालिममा सहभागी भएका बिधार्थीभने तालिम लिन पाएकोमा उत्साहित र खुसि ब्यक्त गरेका छन्। तालिममा सहभागी सबनमा राजबंशीले तालिम उपलब्धिमुलक रहेको प्रतिक्रिया दिदै यस किसिमको तालिम सिकईबाट आफु निकै प्रभावित रहेको धारणा व्यक्त गरिन।

तालिम लिएर मात्र हुदैन ब्यबहारिकरुपमा लागु गर्नु पर्ने बताउदै मिस थारु आइकन २०२२ कि बिजेता पुजा माझीले समेत आफ्ना धारणा राखेकी थिइन्। उक्त कार्यक्रमको संयोजन भने सबनम थन्दारले गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *