नगरस्तरिय दादुरा रुबेला खोप अभियानमा सुन्दरहरैंचा नगरपालिका

एलएन गच्छदार

नगरस्तरिय दादुरा रुबेला खोप अभियान सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सुन्दरहरैंचा नगरपालिकामा सम्पन्न भएको छ । शुक्रवार सुन्दरहरैंचा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा – रुबेला रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरले यहि श्रावण २८ गते देखि ३२ गते सम्म दादुरा – रुबेला सम्बन्धि ५ दिने खोप अभियान सन्चालन गर्दै छ ।
दादुरा रुबेला खोप अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममामा सुन्दरहरैंचा नगर अस्पतालका सुपरिटेन्डेन्ट डा. बिपिन यादवले दादुरा रुबेला रोग सम्बन्धित जानकारी प्रोजेक्टर प्रेजेन्टेसन मार्फत सहजीकरण गरेका थिए।

दादुरा ‘भाइरल इन्फेक्सन’ले हुने भएकाले बालबालिकामा बढी देखिन्छ। पाँच वर्षमुनिका बालबालिकामा यसको संक्रमण बढी देखिने डा. बिपिन यादवले बताए।

दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो।

नगरले यस अभियानमा ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला बिरुद्धको खोप २८ हजार ४ सय ४९ जन बालबालिकामा लगाउने लक्ष्य लिएका छन। नगर अस्पताल , स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, अधारभुत स्वास्थ्य केन्द्रले सामुदायिक तथा निजि बिद्यालय गरी ९० वटा खोप केन्द्र तोकेर खोप लगाउने प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *