सट्टेवाज संलग्न एकै घरका दुई दाजुभाई पक्राउ

योगेन्द्र योगी
बिराटनगर : मोरङमा सट्टेवाजमा संलग्न भएको आरोपमा एउटै घरका दुई दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ।  विराटनगर महानगरपालिका वडा नं. १२ स्थितमा विभिन्न अनलाईन एप्स मार्फत अनलाईन सट्टेवाज सम्बन्धी गैरकानुनी कृयाकलाप गर्दै आएको भन्ने विशेष सुचनाको आधारमा २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनीहरुले प्रयोग गरेको एन्ड्रोईड मोबाईल सेटमा  ‘वान एक्स बेट’ लगायतका एप्स डाउलोड गरी सञ्चालन गरेको तथा सो मार्फत अनलाईन डिजिटल खाताहरु समेतबाट सट्टेबाजी लिने दिने दुवै कार्य गरेको पाईएको प्रहरीका प्रवक्ता डीएसपी बस्नेतले बताए।

उनका अनुसार निजहरुको घरकोठामा छापा मर्दा कम्प्युटरको सीपीयू थान-१, राउटर थान-१ ,मोबाईल २ थान समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बरामद गरेको बताए। 

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेवाजी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *