सडक छेउमा उखु पेलेर जुस बेच्दै गरेका राजेन्द्र भन्छन : सानो भएपनि घर बनाउने सपना

योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका ५ अन्तर्गत पर्ने बाँसबारी चोक नजिकै उखु पेल्ने मिसिन लिएर बसेका छन् राजेन्द्र शाह। दिउसोको न्टलापुर घाममा छहारीका लागि टाँगेको प्लास्टिकको त्रिपालमुनि बसेर ग्राहकहरुलाई यो उखरमउलो गर्मीमा आईस हालेर उखुको चिसो जुस बेच्न भ्याइनभ्याइ छ ।

उनी एक हातले निधारको पसिना पुछ्दै उखु पेलेर जुस बेचिरहेका छन्। बाँसबारी चोक देखि करिव २ किलोमिटर माथि खोक्सीमा सपरिवार कोठा भाडामा लिएर बस्छन् उनी। यो मेसिन ४५ हजारमा किनेको हो उखु धरान पानमारा ल्याउछु।

‘मैले उखु पेलेरै ४ जनाको परिवारको घरखर्च चलाइरहेको छु,उनले राजधानीसँग भने,“गर्मीयाम सुरु भएकाले उखुको जुस ग्राहकको रोजाइमा पर्छ, दैनिक १ हजार ५ सयभन्दा बढी आम्दानी गरिरहेको छु । कमाई राम्रै छ पानी पर्यो भने अलिक व्यापार कम हुन्छ नत्र ठिकै छ यो व्यवसायबाट म खुशी छु।’ ४० रुपैया प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ।

आफूले १८ बर्ष देखि यहिँ व्यवसाय गरिरहेको बताउदै उनले यसअघि सुनसरीको इटहरी उपमहानगरपालिका नजिकै गरेको, पछि नगर प्रहरीले जरिवान गर्ने गरेको कारण अहिले यहाँ सारेपछि कुनै समस्या नभएको र सबैको साथ सहयोग पाईरहेको बताए।

स्वदेशमा रोजगारी नपाएपछि युवा विदेशिनेक्रम बढिरहेका बेला राजेन्द्र भने स्वदेशमै केही गर्न सकिन्छ भनेर व्यवसायमा लागेको बताउँछन् । “अर्काको देशमा पसिना बगाएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ । अहिले राम्रै आम्दानी भइरहेको छ, गरे स्वदेशमै पनि राम्रो कमाइ गर्न सकिन्छ” उनले सुनाए ।

विदेशमा पनि कहाँ सजिलो छ र लाखौ लगानी गरेर जाँदा भने जस्तो कमाई नहुँदा धेरै नेपालीहरु समस्यामा पर्ने गरेको कारण पनि आफू यहि व्यवसाय सन्तुस्टी रहेको बताए। विदेशमा गएर जस्तो पायो त्यस्तो काम गर्छन्, त्योभन्दा त देशमै सानै भए पनि आफ्नै काम गर्छु भनेर यसमा लागेको उनी बताउँछन् ।

अब ऐलेनि जग्गा छ त्यहिँ घर बनाउने योजना रहेको उनी बताउछन्।
सामान्य हरहिसाबबाहेक लेखपढ गर्न नजानेका उनले गरिबीकै कारण पढ्न नसकेको बताए । आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाएर ठूलो होइन असल मान्छे बनाउने रहर रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ