सुन्दरहरैंचा बिहानै एक हात्ती मृत फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुधबार बिहान एउटा हात्ती मृत फेला परेको छ । हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

नगरपालिकाको वडा नम्बर ६ स्थित कुमार गाउँमा स्थानीयले लगाएको केरा खेतीमा हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हात्ती मर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । हात्तीलाई हेर्दा भर्खर युवा अवस्थामा प्रवेश गर्न लागेको देखिन्छ । हात्ती मर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही महिना अघि मात्र सुन्दरहरैंचा नगरपालिकामा एउटा हात्तीलाई गोली हानी हत्या गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *