सुन्दरहरैंचा नगरपालिकामा नापतौल जाँच शिविर

सुन्दरहरैंचा नगरपालिकामा नापतौल जाँच शिविर

सुन्दरहरैंचा / श्रावण १८ गते
मोरंगको सुन्दरहरैंचा नगरपालिकामा नापतौलका यन्त्र दर्ता तथा नवीकरण र जाँच गर्ने शिविर सञ्चालन भएको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार देखि शनिबार सम्मको लागि नापतौलका यन्त्र दर्ता तथा नवीकरण र जाँच गरिदै छ ।

यस क्षेत्रका उद्योगी व्यवसायहरूका लागि मध्यनजर गरेर नेपाल गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको टोलीले शिविर जारी राखेको छ ।

व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक, डिजिटल काँटा समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कारबाही भोग्नु पर्ने हुँदा यस किसिमको शिविर संचालन गरीएको उघोग बाणिज्य संघको बाणिज्य सचिव तथा कार्यक्रम संयोजक रामकुमार बस्नेतले बताए ।

सुन्दरहरैंचा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले शिविरमा आफ्ना नापतौल यन्त्र र ढक, डिजिटल काँटा लगायत नापतौल सामग्री चेकजाँच तथा प्रमाणित गर्न नछुटाउन आग्रह गरे । नापतौलका सामग्रीहरुको परीक्षणबाट उपभोक्ता अधिकारलाई थप बलियो बनाउने काम भएको अध्यक्ष कार्कीले बताए । उनले भने -‘नापतौलका सामाग्री परीक्षण नहुँदा व्यवसाय गर्नेहरुलाई पनि ढुक्क हुने अवस्था थिएन ।

व्यापारीले ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ । व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि ३५ दिन भित्र अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको बताईएको छ।

नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरका निरीक्षक निशा राईले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *