कोशी एक्सिलेन्स अवार्ड : युवा व्यवसायी नेत्र प्रसाद चौलागाईं सम्मानित

एलएन गच्छदार 

सुन्दहरैंचा  । नयन एडभरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले युवा व्यवसायी तथा समाजसेवी नेत्र प्रसाद चौलागाईंलाई ‘कोशी एक्सिलेन्स अवार्ड’ द्वारा सम्मान गरेका छन्। चौलागाईं जग्गा तथा आवास विकास संघ, सुनसरीका अध्यक्षसमेत हुन्।

प्रदेश खबरको वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा चौलागाईंसहित १३ व्यक्तित्वलाई सम्मान गरिएको छ। साथै, सो अवसरमा ३०० पत्रकारको निःशुल्क बीमा गरिएको मिडिया प्रालिका अध्यक्ष अधिकारीले जानकारी दिए।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रदेश खबरले पत्रकारिताको विकास र सामाजिक योगदानलाई प्रवर्द्धन गर्दै आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *