पञ्चायत माविका कानुन समूह कक्षा- ११/ १२ विद्यार्थी गरे लेटाङ नगरपालिका अन्तरक्रिया

पथरी शनिश्चरे , फागुन -९ गते
मोरङको पथरिशनिश्चरे -१ को पञ्चायत माविका कानुन समुहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्।
आज शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रियामा कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी- प्रतिवादी वाहेक अन्य हेर्न पाउँदैनन् ? भनेर ज्ञिज्ञासा राखेका थिईन् भने अर्की छात्रा निमा चेम्जोङ र छात्रा मिमोसा तामाङले न्यायिक समितिले आफ्नो न्यायिक समितिले विवादहरू कसरी निरूपण तथा सम्पादन गर्दछ? भनेर सवाल गरेकी थिइन्।
अन्तरक्रियामा सवालहरूको जवाफहरू दिदै लेटाङ नगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्ण कुमारी निरौला पोख्रेलले विद्यार्थीहरूलाई न्याय सम्पादन , प्रक्रिया र विधिहरूका बारेमा अवगत गराउनुभएको थियो। सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले कानुनी जटिलताहरूका विषयमा चर्चा गर्नु भएको थियो।
सोहि क्रममा कक्षा -११ का विद्यार्थीहरूले इजालसमा कसरी न्याय सम्पादन हुन्छ भन्ने प्रत्यक्ष अवलोकन गरेका थिए। न्यायिक निरूपणमा संयोजक जितबहादुर लामा , सदस्य पर्शुराम निरौला र परामर्शकर्ता शारदा राई समेत सहभागिता रहेको थियो।
उक्त अवसरमा लेटाङ्ग नपाका योजना प्रमुख चेतनाथ गौतम , न्यायिक समितिका सदस्य मुना सार्की र न्यायिक संयोजक नवीन लिम्बु समेतको सहभागिता रहेको पञ्चायत माविका प्रतिनिधि शिक्षक द्वय भूमिप्रसाद पाठक र केशव निराैलाकाे सहभागिता रहेको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *