पिज फायरले छलाङ्ग मार्दै बिराटचौकमा

एलएन गच्छदार

भोजपुर घर भएका मनोज खत्रीले २०५४ साल तिर काठमाडौमा फोलिरिङ फर्निसिङको ब्यबसाय सुरु गर्नुभयो । ब्यबसायमा अर्को साझेदारलाई जिम्मा लगाएर स्विटजरल्याण्ड हुँदै जर्मनीको इटालिय फिजा हाउसमा काम गर्नुभयो। लामो पिजाम लामो अनुभव पाउनुभएका वहाँले नेपालमै अब केही गर्न सकिन्छ भनेर २०७६ सालमा सेट्रलमल बिराटनगरमा आफू र एक जना स्टाफ राखेर सानो पिजा हाउस सुरु गर्नुभयो।

संघर्षर चुनौती बिना सफलता पाउन सकिँदैन भन्ने उदाहरण बन्नुभएका खत्री भने पिपल चौक बिराटनगरमा पिज फायर रेष्टुरेन्ट खोलेर ब्यबसायको थालनी गर्नुभयो। अर्को शाखा काठमाडौमा गत अषाढमा पिज फायर समेत खोलेका वहाँ अहिले भने उतरी मोरङको ब्यस्त शहर सुन्दरहरैंचा नगरपालिकाको बिराटचौकमा समेत आफ्नो ब्यब्साय बिस्तार गरेको खत्रीले बताउनुभयो ।

वैदेशिक रोजगारबाट राम्रो कमाई नभएपनि पिज ब्यबसायमा लामो अनुभव संगालेका खत्रीको पिज फायरमा काठमाडौ, बिराटनगर र बिराटचौक गरि जम्मा ५७ जनालाई रोजगारी समेत प्रदान गर्नुभएको छ।उहाँ बिराटचौकमा रहेको पिज फायरमा भने स्पेशल पिजा पारखिको लागि संचालनमा ल्याउनु भएको छ। नेपाली, ईन्डियन, चाइनिज र इटालियन स्वादमा कुजिन पाइन्छ।

साथै चोइला, बिर्यानी, दन्दुरी आइटम, चाइनिज करी लागयत सबै प्रकारका पेय पदार्थ पाइन्छ। कफि पारखीको लागि समेत उत्कृष्ट गन्तव्य रहेको बिराटचौक शाखाका पिज फायर प्रमुख राजन चौधरीको भनाइ छ। होमडेलिभरी साथै शान्त रमणीय बाताबरणमा छुट्टै मिटिङ हल समेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *