सुन्दहरैचामा रेडक्रस सोसाइटी सहयोग समिति गठन

न्युज डेक्स १३ चैत्र
सुन्दहरैचा स्थित सलकपुरमा एक कार्यक्रमका बिच सुन्दरहरैचा रेडक्रस सोसाइटी सहयोग समिति टिकाराम ढकालको अध्यक्षतामा गठन भएको छ । एक पालिका एक रेडक्रस रहने बिधान अनुसार सुन्दहरैचामा उपशाखा स्थापनाको पहिलो चरण सहयोग समिति गठन भएको हो ।

कार्यक्रम प्रमुख अतिथि जिल्ला सभापतिले धेरै पहिला सुन्दरपुर, दुलारी क्षेत्रमा उपशाखा गठन भएपनि चलायमान हुन नसकेकोले यस क्षेत्रमा उपशाखाको आवस्यकता महसुस गरी यो कार्यक्रम राखिएको बताउनु भयो ।

हाल सुन्दरहरैचामा ३९३ जना आजिवन सदस्य रहेको र चाडेै यो सहयोग समितिले सबैसँग समन्वय गरी उपशाखा बनाउन सफल हुने बताउनु भयो ।

उक्त सदस्य समितिमा टिकाराम ढकाल अध्यक्ष, घनेन्द्र न्यौपाने उपाध्यक्ष, बावुराम निरौला सचिब, बिष्णु प्रसाई कोषाध्यक्ष, वाबुराम दाहाल सहसचिब सहित समिति गठन भएको छ । कार्यक्रममा जिल्ला उपसभापति, संगठन विभाग प्रमुखको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *