सुकुना माविका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत WFTU (FISE) सचिवालय सदस्यमा निर्वाचित
सुकुना माविका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत WFTU (FISE) सचिवालय सदस्यमा निर्वाचित
एलएन गच्छदार
सुन्दरहरैंचा – हालै सम्पन्न विश्व शिक्षक महासंघ (WFTU) अन्तर्गत फेडेरेसन अफ टीचर्स युनियन (FISE) को २०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा मोरङ सुन्दरहरैंचा वडा -१० मा रहेको सुकुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत सचिवालय सदस्यको रूपमा निर्वाचित हुनुभएको छ।
मोरक्कोको राजधानी रबातमा आयोजित यस ऐतिहासिक महाधिवेशनमा विश्वभरका शिक्षक संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालबाट सहभागिता जनाउँदै बस्नेतले अन्तर्राष्ट्रिय स्तरमा नेपाली शिक्षकको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो।
सचिवालय सदस्यमा निर्वाचित भएपछि उहाँले यस अवसरका लागि सबै शिक्षक, शिक्षा क्षेत्रका अग्रज, सङ्गठनका साथीहरू, सुकुना माविको परिवार र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
उक्त पदमा बस्नेतको चयनले नेपाली शिक्षक आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त र सशक्तिकरणको दिशामा योगदान पुग्ने विश्वास गरिएको छ।
