एमाले सुन्दरहरैंचा नगर अध्यक्षमा हेमराज सुवेदीको उम्मेदवारी घोषणा

एलएन गच्छदार
सुन्दरहरैंचा, मोरङ — नेकपा एमालेको सुन्दरहरैंचा नगर अधिवेशन नजिकिँदै गर्दा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यसैक्रममा  एमालेका पूर्व जिल्ला समिति सदस्य तथा लेखा आयोगका संयोजक हेमराज सुवेदीले एमाले सुन्दरहरैंचा नगर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सुवेदी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका छन्। संगठनभित्र उनले विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्। उनले पार्टीप्रति निष्ठा, इमान्दारिता र नेतृत्व क्षमताका आधारमा नगर अध्यक्षको उम्मेदवारी अघि सारेका हुन्।

“पार्टीको सुदृढ संगठन र जनताको सेवा मेरा प्राथमिकता हुन्,” सुवेदीले उम्मेदवारी घोषणा गर्दै भने, “सहकार्य, समावेशिता र पारदर्शिताका आधारमा नेतृत्व गर्न म तयार छु।”

चैत्र २८ गते हुने एमालेको दोस्रो नगर अधिवेशनलाई लक्षित गर्दै नेताहरूको सक्रियता बढिरहेको छ। कार्यकर्ताहरूभित्र पनि नयाँ नेतृत्व चयनको चासो र उत्साह देखिएको छ। अधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

  1.  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *