मोरङ काग्रेस भित्रको आन्तरिक शुद्दिकरण अभियान सुरु

विराटनगर ।मोरङ काग्रेसले बिशेष आन्तरिक शुद्दिकरण अभियानको सुरुवात भएको छ।

नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितीले मोरङमा विशेष आन्तरिक शुद्दिकरण अभियानको आज पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सुरुवात गरेको हो ।

नेपाली काङ्ग्रेस मोरंगका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमा मोरंगकालागि केन्द्रिय प्रतिनिधि तथा पार्टीका केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। नेपाली काङ्ग्रेस कोशी प्रदेशका अध्यक्ष तथा मुख्यमन्त्री उद्दव थापा बिशेष अथितिका रुपमा कार्यक्रममा उपस्थित रहेको थियो । नेपाली काङ्ग्रेस कोशीका कोषाध्यक्ष राजेश गुप्ताको समेत उपस्थिति रहेको मोरङ काग्रेसका सुचना सञ्चार तथा प्रचार बिभाग प्रमुख बिरेन्द्रकुमार साहले जानकारी दिए ।

कार्यक्रममा पार्टिको नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मोरङको ६ वटै निर्वाचन क्षेत्र र बिराटनगर महानगरपालिकामा समेत यो अभियान चलाउने योजना तय भएको हो । श्रावन ३० गते सम्म चलने सो अभियानले पार्टीलाई सुदृढीकरण गर्ने योजना रहेको जिल्ला सचिव मोदराज घिमिरले बताए ।

पार्टी कार्यालयमा आयोजना भएको क्रार्यक्रममा केन्द्रबाट आएका केन्द्रीय प्रतिनिधि तथा पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीमा लगनका साथ् काम गर्ने दिन आएको बताईन । उनले भनिन्न् –‘ हामीले हाम्रो पार्टीका लागि काम गर्ने दिन आएको छ ।‘ हामी आ–आफनो ठाउँबाट पार्टीकोलागि खटनु पर्छ । काङ्ग्रेस पार्टीलाई शसक्त बनाउनुका साथै आम नागरिकको आफ्नो पार्टीको रुपमा बिश्वाश दिलाउन हरेक नागरिकको दुख सुखमा साथ् दिन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन समेत दिईन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार श्रावण २ गते देखि १० गते सम्म बसेको बैठकबाट हरेक जिल्लामा विशेष आन्तरिक अभियान चलाउन गरिएको निर्णय अनुसार मोरङ जिल्लामा पनि सो अभियान मोरङ कांग्रेसले सुरवात गरेको मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए ।

मोरङ जिल्ला नेपाली कांग्रेसको गढ रहेको र यसलाई फेरि पनि देशभरिमा नै नमुना पार्टीको रुपमा विकाश गर्न सबैजना आ–आफ्नो स्थानबाट लागि पार्नुपर्नेमा साहले जोड दिए । पार्टी भित्र भएका मत भिन्तालाई मिलाएर अघि बढ्नु पर्ने उनले बताईन्। पार्टी भित्र रहेका सबै साथीका कुरा बुझी सबैलाई मिलाएर अगाडी बढनु पर्ने कांग्रेस मोरङका सुचना तथा संचार प्रमुख बिरेन्द्र कुमार साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *