सुन्दरहरैंचामा रहेको सुकुना मावि प्रदेशको उत्कृष्ट विद्यालयमा छनौट
एलएन गच्छदार
सुन्दरहरैंचा / जेष्ठ २२ गते मंगलबार
शिक्षाका असल अभ्यासहरु तथा सिकाई अनुभवहरु स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आदान प्रदान गर्ने, शैक्षिक र पेशागत कठिनाइहरुलाई सहजिकरण गर्न छलफल र अन्तरक्रियात्मक क्रियाकलापको विकास गर्दै सिक्ने र सिकाउने संस्कृतिको प्रवर्धन गर्दै आएको प्रिन्सिपल्स एशोसियशन अफ नेपाल (PAN) ले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सुकुना माध्यमिक विद्यालयलाई कोशी प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा छ्नौट गरेका छन।
PAN ले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले छनोटका आधार बनाएर सुकुना माविलाई कोशी प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा छनौट गरिएको हो।
साथै PAN ले उत्कृष्ट विद्यालयको रुपमा छनौट गर्दै बधाई तथा शुभकामना समेत ब्यक्त गरेका छन भने अगामी जेठ २६,२७ र २८ गते हुने राष्ट्रिय सम्मेलनमा सम्मान ग्रहण गर्न समेत पत्राचार गरिसकेको छ।
नेपालका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण प्रधानाध्यापकज्यूहरुको गैरराजनैतिक, गैरनाफामुलक, गैरयूनियन र पेशागत क्षमता वृद्धी गर्ने उद्देश्यका साथ Principals Association of Nepal (PAN) को स्थापना गरिएको छ ।