१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त एक महिनापछि पक्राउ
१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त एक महिनापछि पक्राउ
मोरङ, चैत २५ – मोरङको ग्रामथान गाउँपालिका–७ निवासी २६ वर्षीय अनन्त साहले गत फागुन २३ गते राति करिब १०:०० बजे १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए।
उक्त आपराधिक घटनापछि फरार रहेका साहलाई आज सोमबार (चैत २५ गते) इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) नीर बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि बेलबारी पठाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।
