प्रथम रंगटोली गोल्ड कपको उदघाटन खेलमा पुर्वांचल युनाईटेड सेमीफाइनलमा प्रवेश
पुर्वांचल युनाईटेड गोठगाउँले तालतलैया फुटबल क्लब इटहरीलाई १-० ले हराउदैं सेमिफाइनलमा प्रवेश गरेको छ। मोरंगको ग्रामथान गाउँपालिका वडा -३ मा भएको प्रथम रंगटोली गोल्ड कपको उदघाटन खेलमा दोस्रो हाफको खेल सुरु भएको केहि समयपछि पुर्वांचल युनाईटेडको तर्फबाट जर्सी नम्बर ११ का खेलाडी पुजन चौधरीले गोल १ गोल गरेका थिए।
शुक्रबार भएको उदघाटन खेलमा दुवै तर्फ निकै नै आक्रामक र प्रतिशप्रर्धात्मक खेलमा पुर्वान्चलको तर्फबाट विजय राई, र तालतलैयाको तर्फबाट अनिस चौधरीले पहेलो कार्ड पाएका थिए। सो खेलमा म्यान अफ म्याच पुर्वांचल युनाईटेडका तर्फबाट सुजन चौधरीले पाए भने भोलि शनिबारको खेल कोशी प्रदेश प्रहरी टिम रानी र भलुवा फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ।
सो खेलको प्रथम पुरस्कार राशी १ लाख १ हजार नगद तथा ट्रफी, मेडल र दोश्रो पुरस्कार राशी ५१ हजार नगद तथा ट्रफी, मेडल रहने क्लबका अध्यक्ष सुनिल कुमार भगतले जानकारी गराएका छ्न भने ८ वटा टिमको सहभागी रहएको छ ।
आर्थिक व्यवस्थापन समिती संयोजक शिवनारायण माझीले कार्तिक ३० गते सम्म चल्ने सो खेलको तयारी अन्तिम चरणमा पुगेको बताउदै खेलको अनुमानित कुल लागत १२ लाख ४० हजार लाग्ने बताए। सो खेलको उदाघाटन भने कोशी प्रदेशका सांसद भिम पराजुलीले गरेका थिए।