सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुको क्षमता अभिबृद्धि तालिम प्रारम्भ

सुन्दरहरैंचा, २५ कात्तिक

राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाको आयोजनामा श्री सहकारी संस्था लि. हरैंचा तथा रेडियो सुसेलीको सभाहलमा सहकारी ज्ञान तथा मार्गदर्शन श्रृङ्खला २ अन्तर्गत सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुको क्षमता अभिबृद्धि सम्बन्धी २ दिने तालिम प्रारम्भ भएको छ । कार्यक्रममा सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ, बेलबारी नगरपालिका क्षेत्रमा रहेका १५ बढी सहकारी संस्थाका ३३ जना अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुको उपस्थिति रहेको छ ।

यस तालिम कार्यक्रममा सहकारीको अवधारणा, मुल्य, सिद्धान्त विकासक्रम, सञ्चालक तथा व्यवस्थापनको जिम्मेवारी, व्यवस्थापन, प्रतिवेदन लेखन, वित्तिय तथा गैह्र वित्तिय विश्लेषण विषयहरुमा सहजिकरण हुने सहकारी बैंकका शाखा–प्रमुख मनोज लामिछानेले जानकारी दिनुभएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखा समन्वय उप–समिति संयोजक टिकाप्रसाद कट्टेलले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण बैंकका तालिम अधिकृत सूर्यप्रसाद रिमाल र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सञ्चालक समिति सचिव जीवन बस्नेतले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *