लायन्स क्लबले गरे गछिया देखी बलिया सम्म सरसफाइ र सचेतना कार्यक्रम
सुन्दरहैंचा / कार्तिक ३ गते
सुन्दरहरैंचा नगरपालिकामा रहेका लायन्स क्लबले मुख्य चोक र बजारमा सरसफाई कार्यक्रम गरेका छन। गछियाबाट सुरु भएको सरसफाइ कार्यक्रम बलियामा आएर टुङ्गिएको थियो।
लायन्स क्लब अफ गछिया, बलिया, बासंबारी, सुन्दरदुलारी लगायतको लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न गरेको हो। आम नागरिक , नगरवासी, पसल, ब्यबसायि गर्नेलाई सरसफाईमा जोड दिन समेत सचेतना अभियान फैलाएको थियो।
सरसफाइ अभियानबाट फोहर जथाभावी फाल्नु हुदैंन, फोहोरको व्यवस्थापन कसरी गर्ने, आफ्नो घर र गाउँ आफै सफा राख्न सकिने कुरामा जोडदैं एकपटकको अभियानले मात्र सफल नहुने, समाजमा सचेतनामुलक कार्यक्रम लायन्सले बिभिन्न समयानुकूल गर्दै आएको लायन्स क्लब अफ गछियाका अध्यक्ष मातृका चापागाईंले बताए।
दशैंको अवसर पारेर सरसफाई कार्यक्रमलाई जनचेतना जगाउदै कार्यक्रमको आयोजना गरिएको यसलाई निरन्तरता दिएर बेलबेलामा सचेतना जगाउन सकिने हो भने आफ्नो सामाज, टोल, चोक , शहर सफा राख्न सकिने लायन्सका एरिया “ए” का प्रमुख मनिता दंगालले बताईन।
आवर सिटि क्लिन अभियानका साथ हामी आफै नै सरसफाइ गरौं है भन्ने अभियानमा हामी लागेको सुन्दरदुलारी लायन्स क्लब सचिव मेघराज पौडेलले बताए।
लायन्स क्लब अफ बलियाका अध्यक्ष मन्दिरा धमलाले एकदिन सरसफाई गरेर मात्र हुँदैन लायन्सले सरसफाई कार्यक्रम गरिरहदाँ यसले सकारात्मक सोचको बिकास र अरुलाई जथाभावी फोहर गर्नु हुँदै भन्ने सन्देश प्रवाह गर्न र सचेतनाको बिकास गर्न बेलाबेलामा यस्ता किसिमका कार्यक्रमले प्रभावकारी भुमिका खेलेको जोड दिइन।
उक्त कार्यक्रममा गछिया ट्राफिक प्रहरी पोष्टका प्रपुख नारायण प्रसाद दहाल, सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष जीवन डुङ्गाना लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।