सुन्दरहरैंचामा पीपीआर खोरेत बिरुद्धको खोप नि:शुल्क खोप

मोरंग सुन्दरहरैंचा नगरपालिका वडा ४ तथा पशु पंक्षी शाखाको सहकार्यमा वडा भित्रका पशुपालन कृषकमा निशुल्क पशु खोप कार्यक्रम संचालनमा ल्याएको छ। सोमबारदेखि सुरु गरेको पीपीआर खोरेत बिरुद्धको खोप अभियानमा वडाले ७ हजार ५ सय भन्दा बढी पशुमा खोप लगाउने लक्ष्य लिएको छ।
वडाले ३ लाख बजेट विनियोजित गरेर ५ हजार बाख्रामा र २ हजार ५ सय गाईभैसिमा खोप लगाउने वडाकार्यलयले जनाएको छ। पशुहरुमा देखिएका रोग तथा संक्रमण हुन् नदिन यो अभियान ल्याएको वडा अध्यक्ष कैलाश बस्नेतको तर्क छ।

अर्को तर्फ बहने पशुपन्छीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि पनि अभियान सञ्चालन भइरहेको बस्नेतले बताए। यस्तो खोप अभियानमा हजारौं घरपालुवा पशुपालनमा नि:शुल्क खोप लगाइदिने गरेको छ। यस किसिमको कार्यक्रमबाट पशुपालन किसान समेत खुसि व्यक्त गर्छन।

पशुहरूमा महामारीजन्य रोग कम गर्नका लागि यस्तो अभियान चलाउनु परेको पशु पंक्षी शाखा प्रमुख किशोर कार्कीको दाबी छ। महामारी फैलिन नदिनका लागि जोखिम न्युनिकरण गर्न त्यसै अनुसार सबै वडामा अभियान चलाइने कार्कीको भनाइ छ ।

साथै वडाले खोप अभियानमा महामारी प्रचार नहोस् भन्ने कुरालाई विशेष ध्यान दिने गरिएको छ। शाखाका ४ जना प्राबिधि गरि २५ जना प्राबिधिक टोलि अहिले यो अभियानमा खटेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *