नेमुवामा लहरी पल्टिँदा घरभित्र रहेका चार जना च्यापिए

मोरङको बुढीगंगा गाउँपालिकामा एउटा लहरी दुर्घटनामा परेको छ । एउटा घरमाथि लहरी पल्टिँदा घरभित्र रहेका चार जना च्यापिएको बताइएको छ ।

बुढीगंगाको जेएनजे मार्वल उद्योगका लागि मार्बल बोकेर आउँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी आज विहान सात बजे पल्टिएर दुर्घटना भएको हो ।

मार्बल बोकेको लहरी गाडी मा कच्चा पदार्थ बोकेर लगिएको बुझिएको छ । प्रहरीले घरभित्र चार जना रहेको भन्ने सुचना पाएपनि यकिन नभएको जनाएको छ । लहरी हटाएर उनीहरुको उद्धार गर्ने कार्य भइरहेको छ ।

स्रोत : न्युजलय

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ