विकल्प कृषिको ११ औं वार्षिक साधारणसभा सम्पन्न

एलएन गच्छदार
असोज २८ गते

सुन्दरहरैंचा नगरपालिका वडा -४ मा रहेको विकल्प कृषि सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

उक्त साधारणसभामा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन आचार्यले कार्यक्रमको औपचारिक उदघाटन गर्दै कृषि सहकारीलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै कृषकलाई प्रोत्साहन गर्न सक्ने हो भने राज्यको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने बताए।

कार्यक्रमका संस्थाका सचिव देवराज भट्टराईले अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त प्रतिवेदनमा कोषको उपयोग र परिचालन गरि सदस्य तथा सदस्य परिवारलाई कृषि तालिम प्रदान गरिने र कोषमा सम्वन्धित क्षेत्रबाट प्राप्त भएको अनुदान समेतलाई जम्मा गरि भविश्यमा कृषि यान्त्रिकरण, पशुको कृतिम गर्भाधान, वेमौसमी तरकारी खेती, कृषि प्रविधिको प्रयोग गर्ममा उपयोग गरिने उल्लेख छ।

संस्थाका अध्यक्ष चन्द्रप्रकाश भट्टराईका अनुसार कर्जा प्रयोजनका लागि घटिमा दुई थान माउ गाई वा भैसी वा माउ पाठा गरि ५ थान बाखा वा बंगुर वा ३ कठ्ठा जमिनमा गरिएको व्यावसायिक तरकारी खेती वा केरा खेती वा व्यवसायिक च्याउ खेती वा मासिक रु. २५ हजार आम्दानी हुने कृषि जन्य व्यापारमा कर्जाको लागि विश्लेषण उत्कृष्ट कृषकलाई कर्जा उपलब्ध गराइने बताए। ।

शुरुमा सफलता पुर्वक परिचालन गरेका कर्जा लिएका कृषकलाई आगामी वर्षहरुमा थप गर्दै अन्य व्यावसायिक सदस्यलाई दिइदे जाने नीति लिएको अध्यक्ष भट्टराईले बताए।

आफ्ना सदस्यहरुलाई सहयोगी हुने तथा व्यावसायिकता वृद्धि हुने, सहकारी चेतना र व्यवस्थापनमा सहयोगी हुने तालिम कार्यक्रम सञ्चालन गर्न स्थानीय तह, वडा कार्यालयसंग समन्वय गरि गरिने र सहभागिता जनाईने प्रस्ताव गर्दछु । संस्थाले कृषि जन्य तालिमका लागि कृषकलाई पशुपालन सम्बन्धि एक र कृषि सम्बन्धि एक गरी दुईवटा तालिम गरिने बताए।

सहकारी सिद्धान्तलाई आत्मसात गर्दै साविकको सुन्दुरपुर दुलारी क्षेत्रमा व्यवसायिक कृषि तथा कृषि उत्पादन को बजारीकरण गर्ने अवधारणमा आधारित भएर यस विकल्प कृषि सहकारी संस्थालाई, हामी सबैको प्रयासमा २०६८ सालमा विभिन्न छलफल र कार्यक्रम गर्दै स्थापना भएको हो।

उक्त संस्थाको शेयर सदस्य संख्या १ हजार ५५ जना पुगेको छ भने पुरुष ५ सय १३ र महिला ५ सय ४२ जना रहेका छ्न ।

उक्त साधारणसभामा सहकारी संस्था लिमिटेड दुलारीका अध्यक्ष चैतन्य प्रसाद सिटौला, साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भिम प्रसाद पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *