प्रगति महिलाको ढाका बुनाई तालिम सम्पन्न

एलएन गच्छदार

जेष्ठ २२ गते।।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा १ को सहकार्य तथा प्रगति महिला समाजको आयोजनामा १ महिने ढाका कपडा बुनाई तालिम समापन भएको छ।

समापन कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईंले सम्बोधन गर्दै तालिम लिएपछी आर्थिक उपार्जन संग जोडिनु पर्ने धारणा राख्दै नगरले व्यावसायिक गर्न चाहने उद्दमी महिलाको हकमा ५० प्रतिशत अनुदानमा तान खरिद गर्न सहयोग गर्ने बताए।

१० जना लक्षित महिला सहभागी भएको उक्त तालिममा प्रशिक्षार्थीले तालिम उपलब्धि र प्रभावकारी भएपनि समय थोरै भएको र एडभान्स तालिमको खाँचो रहेको बताए।

प्रशिक्षक निर्मला चौहानले शिक्षा संगै तालिमको अपरिहार्य आवश्यकता रहेको भन्दै सीप सिकेर ब्यबहारमा लागू गर्नु पर्ने जोड दिए।

उक्त संस्थाकी अध्यक्ष पार्वती गच्छदारले अबका दिनमा तालिमबाट सिपसिकेर महिलाहरु उद्दमी बन्न सक्ने बताउदै रोजगारी समेत सृजना गर्न सकिने र आयआर्जनमा टेवा पुग्ने बताए।

उत्कृष्ट प्रशिक्षार्थी   समझना कार्कीलाई तथा   प्रशिक्षक निर्मला चौहानलाई सम्मान गरिएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य चन्द्रा कार्कीले सम्बोधन गरेकी थिइन।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ