नागरिक सम्मान कार्यक्रममा २५ जोर चप्पल बितरण
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा प्रथम बार्षिक उत्सव तथा असाहय ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सुन्दरहरैंचा नगरपालिका वडा -७ मा पहिलो वार्षिकोत्सबको अवसरमा अति गरिब बिपन्न, असाहाय जेष्ठ नागरिक र अशक्तलाई २५ जोर चप्पल बितरण गर्दै सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका सो वडाका अध्यक्ष भुवनसिंह आलेमगरले कार्यक्रमलाई सम्बोधन गर्दै समाजिक कार्यमा स्वतन्त्र नागरिक समुह सदैव लागिरहेको र बिकृती बिसङ्गती विरुद्ध सदैव खबरदारी गरि सचेत र जागरुप समाजको निर्माण उदाहरणिय काम गरेको भन्दै प्रशंसा गरे।
उक्त अवसरमा स्वतन्त्र नागरिक समाज सचेत नागरिक भएको भन्दै सबै नागरिकको शुभेच्छुक रहेको स्वतन्त्र नागरिकका संयोजक चिरञ्जीवी शिवाकोटीले बताए।
स्वतन्त्र नागरिक समाज पार्टी नभएर सचेत नागरिकको समूह भएको शिवाकोटीले उल्लेख गर्दै ” हामी कुनै पार्टीका सदस्य हैनौं । तर हामी सबै राम्रो काम गर्ने पार्टीका शुभ चिन्तक र सहयोगि सल्लाहाकार पक्कै हौं । ”
स्वतन्त्र नागरिक समाजले सुन्दरहरैंचामा भष्ट्रचार बिरुद्धको अभियान समेत आवाज उठाउदै आएको छ।
उक्त अवसरमा स्वतन्त्रत नागरिक समुहका शुभेच्छुक, सरोकारवला लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।