गोठगाउँबाट लागुपदार्थ सहित २ जना पक्राउ

सुन्दरहरैचा । प्रहरीले लागुपदार्थ खैरो हिरोइन सहित सुन्दरहरैचाबाट दुई जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैचा नगरपालिका वडा नं ७ गोठगाउको एक मोटरसाइकल ग्यारेजबाट लागु औंषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले गोठगाउ स्थित आयल मोटरसाइकल ग्यारेजमा चेक गर्ने क्रममा सुन्दरहरैचा नगरपालिका वडा नं ९ बस्ने वर्ष २६ का महमत स्लाम र सोही नगरपालिका बस्ने वडा नं ७ का वर्ष २५ को महेश ठाकुर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त ग्यारेजबाट ९ दशमल ५० मिलिग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ