डिप्रोक्सको २४ औं स्थापना दिवसको अवसरमामा रक्तदान कार्यक्रम
सुन्दरहरैंचा / पौष २८ गते आइतबार
डिप्रोक्स लघुवित्त वितिय संस्था लिमिटेडले सञ्चालनको २४ औं स्थापना दिवसको अवसरमामा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
सामाजिक मिलन केन्द्र प्रतिष्ठानका आजीवन सदस्य तथा जेष्ठ नागरिक राम प्रसाद मिश्रले उदघाटन गर्दै कार्यक्रम संचालन भएको थियो।
संस्थाको शाखा कार्यालय गछियाको आयोजनामा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको कोशी प्रदेश अनुगमन अधिकृत सूर्य बहादुर विष्टले जानकारी दिए ।
सो अवसरमा रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए । बिराट मेडिकल कलेजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन भएको थियो।
विगत लामो समयदेखि आर्थिक विपन्न वर्गलाई सहज जीवनयापनका लागि वित्तिय सेवा प्रदान गर्दै आईरहेको डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने गरेको संस्थाका कोशी प्रदेश प्रमुख अर्जुन प्रसाद पोख्रेलले बताए ।
कार्यक्रममा स्थानीय समाजसेवी तथा धार्मिक व्यक्तित्व सुरज बिष्टले सामाजिक मिलन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउदै जाडो याम बढे संगै अस्पतालमा रगत अभाव हुँदा यस किसिमको धार्मिक तथा सामाजिक कार्यको प्रंसशा गरे। रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई मायाको चिनोे समेत वितरण गरिएको थियो ।
