“हुनेले दिने, नहुनेले लिने” विराटचोकमा जेसीआई कपडा बैंक स्थापना
- एलएन गच्छदार
सुन्दरहरैंचा / पौष २८ गते आइतबार
इन्द्रपुर जेसीजको आयोजना तथा इन्द्रपुर जुनियर जेसीजको सह-आयोजनामा “हुनेले दिने, नहुनेले लिने” भन्ने मूल नाराका साथ जेसीआई कपडा बैंक स्थापना गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन मार्फत पुस २९ गतेदेखि माघ ४ गतेसम्म कपडा संकलन गर्ने र माघ ०५ गतेदेखि माघ १२ गतेसम्म विराटचोक स्थित वाकिङ स्ट्रिटमा कपडा वितरण गर्ने बर्ष २०२५ का अध्यक्ष आकाश दुलालले बताए।
कपडा संकलन र वितरण गर्न इन्द्रपुर जेसिजले आज आइतबार विपन्न बर्गलाई सहज गर्ने उद्धेश्यले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
आवश्यकता अनुसार नै खोलिएको कपडा बैंकले प्रत्येक्ष लाभ पुग्ने र ‘ असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसार कपडा संकलन कार्य गरी वितरण गर्ने बर्ष २०२५ का अध्यक्ष आकाश दुलालले बताए। दुलालले पत्रकार सम्मेलन मार्फत सबैसंग प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न र मानव सेवा यस पुनित कार्यमा सहभागी अनुरोध समेत गरेका छन।
सो पत्रकार समेलनमा निर्वतमान अध्यक्ष उत्सव थापाले सामाजिक कार्यसमेत गर्नेउद्धेश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताए । ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन यसलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका बताए ।’
उत्सव थापाको कार्यकालमा समाजिक उतरदायित्व पुरा गर्दै इन्द्रपुर जेसिजले गत भदौमा मोरंग सुन्दरहरैंचा नगरपालिका वडा १ जेसिज भिलेजमा बिपन्न एकल महिला जितनी ऋषिदेवलाई घर निर्माण गरी हस्तान्तरण गरेको थियो । जेसिजको ड्रिम प्रोजेक्ट रहेको घर निर्माण कार्यले निरन्तरता पाउँदा बिपन्न परिवारमा हर्ष छाएको छ।
इन्द्रपुर जेसीज वर्ष २०२५ लाई सफल एवम् सार्थक बनाउदै JCI को मिसन, भिजन प्राप्तीका लागि जेसीज आस्थाबाट अनुसासन तथा संस्कारलाई ब्यवहारमा उतार्दै आएको छ।

