तेस्रो दुहबी मेयर क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा न.६ ,४ ,५ बिजय
तेस्रो दुहबी मेयर क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा न.६ ,४ ,५ बिजय
चन्दन रौनियार
। सुनसरीको दुहबीमा ईस्टन बुलेट क्रिकेट क्लबले आयोजित तेस्रो दुहबी मेयरकप क्रिकेट प्रतियोगिता २०८१’ को उद्घाटन खेलमा वडा न.६ विजयी भएका छन्।
दुहबी नगरपालिका वडा न.५ स्थित सरस्वती मावि विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा वडा न.२,१० र वडा ८ लाई पराजि गर्दै वडा न .६,४ र५ दोस्रो चरणको खेलमा प्रवेश गरेको हो।
टस जितेर दुहबी वडा न.२ ले ब्याटिङ गरेका थिए। दुहबी वडा न.२ले २०ओभरमा ६७ रनको स्कोर दिएका थिए।
त्यसैगरी, दुहबी वडा न.६ले ६८ लक्ष्य पछ्याउँदै ८ ओभरमै ४ विकेट गुमाएर जित हासिल गरेका थिए। दुहबी वडा न.६का खेलाडी लोकेश पौदारले खेल भरि ५ बिकेट लिई १६ रन गरेर म्यान अफ द म्याच घोषित भए।
त्यसै गरि दोस्रो खेलमा दुहबी वडा न.१० लाई पछि पार्दै वडा न.४ले २ बिकेटले जितेका छन भने खेलको म्यान अफद मेच दुहबी वडा न.४का प्रशान्त चौधरी भएको थियोे । र त्यसै गरि वडा न.८ हराउदै वडा न .५ १३० रने बनाएर जितिका छन भने म्यान अफद मेच वडा न.५ का शुभम गोश्वामी भएका थिए । एक समारोह बिच
दुहबी मेयर बेदनरायण गच्छदारले ब्याटिङ र कोशी प्रदेश क्यान सद्स्य कोशी प्रदेशको चिफ सेलेक्टर सुमेश शाहले बलिङ गरेर खेलको उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाको मेयर बेदनरायण गच्छदारलु क्रिकेट खेलले नेपाललाई विश्वसामु परिचित गराउन ठूलो मदत्त गरेको बताए। उनले भने, ‘खेलका कारण युवाहरुमा शारीरिक, मान्सिक बिकासका साथै देशको गरिमा बढाउने काम गरेको छ।’
प्रतियोगिताको प्रथम विजेताले नगद ३० हजार रुपैयाँ र दोस्रो विजेतालाइ नगद १५ हजारनगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेलका अायोजक ईस्टन बुलेट क्रिकेट क्लबका अध्यक्ष सिवम रौनियारले बताए । साथै विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद, कपबाट पुरस्कृत गरिने उनले बताए। उद्घाटन खेलमा दुहबी नगरपालिका १ देखि १२ वडा अध्यक्ष जन प्रतिनिधि ,खानेपानी मुल उपभोक्त दुहबीका अध्यक्ष जीवन थापा ,सरस्वती मावीका प्रअ तेज प्रसाद तिमिल्सिना लगायतका उपस्थित रहेको थियोे ।तेस्रो मेयरकप क्रिकेट खेलमा ८ टिम सहभागी रहेको छ ।
