डीडीसी सुधार योजनासँगै किसानलाई दैनिक भुक्तानी, बक्यौता रकम क्रमशः फर्छ्योट हुँदै

काठमाडौं कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी ले दूग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि कार्ययोजना अघि बढाएसँगै किसानलाई दैनिक रूपमा भुक्तानी प्रक्रिया नियमित भएको बताएकी छन्।

डीडीसीले हाल दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ भने सोहीअनुसार किसानलाई दैनिक भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो चार महिनादेखि बाँकी रहेको करिब ५८ करोड रुपैयाँ दायित्वमध्ये हालसम्म १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। बाँकीमध्ये एक महिनाको रकम आउँदो १३ गतेभित्र किसानलाई उपलब्ध गराउने तयारी गरिएको छ।

मन्त्री चौधरीका अनुसार बाँकी रहेको करिब ४६ करोड रुपैयाँसमेत आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढाइएको छ। दैनिक कारोबार र भुक्तानी प्रणाली नियमित रूपमा सञ्चालन भइरहेकाले किसानको खातामा रकम क्रमशः पुग्ने विश्वास व्यक्त गरिएको छ।

दुग्ध किसानको श्रम र योगदानलाई सम्मान गर्दै उनीहरूको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्री चौधरीले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *