सुन्दरहरैंचामा किरात मुन्दुम दर्शन प्रवचन तथा मुन्दुमी सांगीतिक कार्यक्रम हुने

किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी र मोरङ संयुक्त समन्वय समितिको आयोजना सुन्दरहरैंचामा किरात मुन्दुम दर्शन प्रवचन तथा मुन्दुमी सांगीतिक कार्यक्रम हुने भएको छ।
वडा -६ मा रहेको नेपाल आदिवासी जनजाति भवनमा माघ ६ गते अर्थात शनिबारका दिन वरिष्ठ गायक तथा संगितकार जितेन राईको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ।

किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय सह-सचिव तथा अधिवक्ता डा. शान्ति देवि राईको समेत उपस्थित रहनेछ । विशेष कार्यक्रम तिनचुला सम्बन्धि प्रवचन, मुन्दुम गितहरु तथा गायन तथा सांस्कृतिक नृत्य संगै स्थानीय कलाकार सिता आठपहरिया लगायतको प्रस्तुति रहने किरात मुन्दुम अध्ययन केन्द्रका मोरङ अध्यक्ष चित्र राईले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *