अन्तर विद्यालय चित्रकला प्रतियोगितामा महेन्द्रप्रथम र दोस्रो


चन्दन रौनियार
दुहबी /प्याबसन द्वारा आयोजित प्राथमिक तहको  जिल्ला स्तरीय खुला  चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत  छात्रा एलिना खातुन र एलिशा खातुनले  जिल्ला भरि बाट २१ जना छनोट भएको  प्रतिस्पर्धिहरुलाई पछि पार्दै क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका  छन। कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका शिक्षा खेलकुद शाखा प्रमुख गणेश बहादुर खतिवडाले प्रथम दोस्रो हुने
सहभागी बिधार्थिलाई टफि,प्रमाणपत्र गिफ्टहेमपर प्रदान गरेको थियोे । धरानको बिजयपुर कलेजमा भएको  सुनसरी जिल्ला प्याबसनद्वारा आयोजित प्राथमिक (कक्षा –५) चित्रकला प्रतियोगिता सम्पन्न भएको  छ ।सौ प्रतियोगितामा जम्मा २१ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताका अन्य सहभागी विद्यार्थीहरुलाई पनि प्रमाण पत्र वितरण समेत गरेको इतिहासमा पहिलो पटक एउटे बिधालय महेन्द्र मेमोरियल एकडेमीले जितन सफल भएको मा बधाई तथा शुभकामना समेत दिएको सुनसरी जिल्ला प्याबसनका कार्ववाहक अध्यक्ष थानेश्वर ढकालले जानकारी दिएको छ। तेसे गरि महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत  छात्रालाई एक कार्यक्रम गरि प्रथम दोस्रो हुने छात्रा एलिना खातुन र एलिशा खातुनले  जिल्ला भरि बाट २१ जना पछिपार्दै जित हासिल गरेको  स्कुलको नाम उच्चगरेकोले यश बिधालयबाट दुई जनालाई ५०% पुर्ण छात्रवृत्ति दिने घोषणा गरेको महेन्द्र मेमोरियल एकेडेमीका संचालक प्रिन्सिपल निश्चलराज शाक्यले बताए ।यशमा बिधालय फुटबल प्रतियोगिता ,भलिबल प्रतियोगिता  ,वादविवाद प्रतियोगिता,चित्रकाला प्रतियोगिता लगायतकामा सहभागी गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *