PLO Group को सामाजिक उत्तरदायित्वसहितको व्यवसायिक उपलब्धि र भविष्यदृष्टिको प्रतिबद्धता

 

विराटचौक, श्रावण ६ गते ।

नेपालको उद्यमशीलता, सामाजिक उत्तरदायित्व र व्यवसायिक सफलता एकसाथ अघि बढेको उदाहरण बन्न सफल PLO Group ले हालै विराटचौकस्थित नेपालिरिका होटल प्रा.लि.मा आफ्नो २६औं वार्षिक डिलर कन्फ्रेन्स भव्य रूपमा सम्पन्न गरेको छ।

श्रावण ६ देखि ८ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा देशभरबाट करिब १५० डिलर सहित झण्डै ५०० जना अतिथि सहभागी भएका थिए। कार्यक्रममा समुहले आफ्ना आगामी योजनाहरू, व्यवसायिक उपलब्धिहरू र सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका कार्यहरू सार्वजनिक गरेको थियो।

 

देशकै अग्रणी लुब्रिकेन्ट्स उत्पादक PLO Group ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानहरूमा रु. १ करोडभन्दा बढीको सहयोग प्रदान गरेको छ। समूहले हालै विराटचौकमा सम्पन्न २६औं वार्षिक डिलर कन्फ्रेन्सको अवसरमा यो जानकारी सार्वजनिक गरेको हो।

समूहले विराटचौकमासार्वजनिक शौचालय निर्माणका लागि रु. २१ लाख, ल्वान्द्रा खोला (मुक्तिघाट) विकासका लागि रु. ५ लाख, र JCI इन्द्रपुरको “JCI Village” परियोजनाका लागि रु. ३ लाख नगद सहयोग गरेको छ।

त्यसैगरी ट्राफिक प्रहरी, अस्पताल, विद्यालय र धार्मिक संस्थाहरूमा आवश्यक सामग्रीहरू—मास्क, सेफ्टी ज्याकेट, व्हीलचेयर, छाता र मोटरसाइकल समेत वितरण गरिएको छ।

PLO Group का अनुसार, उनीहरूको व्यवसायिक सफलताको मूलमा समाजप्रतिको दायित्व र योगदानको भावना रहेको छ।

 

PLO Group अन्तर्गत उत्पादन हुने PLO Lubricants आज नेपालको सबैभन्दा लोकप्रिय र विश्वासिलो लुब्रिकेन्ट्स ब्राण्डमा स्थापित भएको छ। गुणस्तर, दक्ष जनशक्ति र देशभर फैलिएको डिलर नेटवर्कको बलमा कम्पनीले यो वर्ष दोहोरो अंकको बिक्री वृद्धि हासिल गरेको हो।

समूहले भारतमा निर्यात सुरु गर्ने तयारी समेत गरिरहेको छ, जुन नेपाली लुब्रिकेन्ट उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने ऐतिहासिक कदम हुनेछ।

हाल PLO Group अन्तर्गत ७ वटा उद्योगहरू सञ्चालनमा छन् र १००० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। यस समूहले हस्पिटालिटीमा  नेपालिरिका होटल प्रा.लि.,ट्रेडिङ्गमा Ceat टायर, Varro लगायतका २-ह्वीलर OEM पार्ट्स, शिक्षा, जलविद्युत, क्षेत्रमा सफल लगानी गर्दै आएको छ  भने  अब स्टील उद्योग, जुत्ता उद्योग र प्रविधि क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ।

PLO Group को उद्देश्य केवल व्यवसायिक लाभमा केन्द्रित नभई समाज र राष्ट्रका लागि योगदान दिने हो। रोजगारी सिर्जना, CSR, उद्यमशीलता विकास, र सामाजिक पुनर्निर्माण जस्ता क्षेत्रमा समूहको योगदान उदाहरणीय बन्न पुगेको छ।

PLO Group पूर्वाञ्चलको माटोबाट उभिएको एउटा यस्तो व्यवसायिक संस्था हो, जसले देशको समग्र आर्थिक, सामाजिक र औद्योगिक विकासमा उल्लेखनीय छाप छोड्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *