मिठास र मेहनतको सफल यात्रा: सन्तोष भगतको संघर्षबाट ‘सिद्धार्थ’ ब्राण्डसम्म

 

एलएन गच्छदार / साउन ६ गते 

सुन्दरहरैंचा, मोरङ 

संघर्ष, समर्पण र इमान्दारिताको जीवित उदाहरण सन्तोष भगत आज मोरङको बिराटचोकमा “सिद्धार्थ मिष्ठान भण्डार” र “सिद्धार्थ टेन्ट हाउस” को सफल संचालन गर्दै आत्मनिर्भर व्यवसायीका रूपमा स्थापित भएका छन्।

ग्रामथान गाउँपालिकाको प्रमुख बजार नेताचोकबाट सानो मिठाइ पसलबाट सुरु भएको उनको यात्रा आज विश्वास, स्वाद र सेवाको पर्याय बनेको छ। विगत एक दशकभन्दा बढी समयदेखि नेताचोकमा मिठाइ तथा टेन्ट सेवा सञ्चालन गर्दै आएका भगत दुई वर्षअघि व्यापारीक सम्भावनालाई देख्दै बिराटचोक सरे। तीव्र शहरीकरण र बढ्दो आर्थिक गतिशीलता रहेको यो क्षेत्रमा उनले नयाँ अध्याय सुरु गरे।

बिराटचोकको जेसिज भवन जाने बाटो (फिल्म हल छेउ) मा अवस्थित सिद्धार्थ मिष्ठान भण्डार र टेन्ट हाउसले छोटो समयमै स्थानीय उपभोक्ताको मन जित्न सफल भएको छ।  शाखा सेवा कार्यालय भने ग्रामथानको नेताचोकमै यथावत् सञ्चालनमा छ।

औपचारिक उद्घाटन गर्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले सन्तोषको यो पहललाई “नगरको विकासमा थपिएको एक इट्टा” को संज्ञा दिए। बिराटचोकमा विस्तार हुँदै गरेको वाकिङ स्ट्रिट र सम्भावित रात्रीकालिन बजार कार्यक्रमसँगै यहाँको व्यवसायिक सम्भावना झनै उज्यालो भएको उनले बताए।

सिद्धार्थ मिष्ठान भण्डारमा शुद्ध घ्युबाट निर्मित परिकार र मिठाइहरू खुद्रा तथा होलसेल मूल्यमा उपलब्ध छन्। स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरिएको सेवाका कारण यहाँ दैनिक ग्राहकको भीड लाग्ने गरेको छ।

यससँगै, सिद्धार्थ टेन्ट हाउसले विवाह, ब्रतबन्ध, बर्थ डे पार्टी लगायत विविध कार्यक्रमका लागि टेन्ट सामग्री, साउण्ड सिस्टम, हल तथा आकर्षक सजावट सेवा प्रदान गरिरहेको छ। निकट भविष्यमा सुविधा सम्पन्न पार्टी प्यालेस निर्माणाधीन अवस्थामा रहेको भगत बताउँछन्।

मिठाइ उत्पादनमा अर्डरअनुसार सेवा प्रदान गर्ने यो संस्थाको मूल नारा छ – “तपाईंको भरोसायोग्य नाम, ग्राहक सन्तुष्टिमा समर्पित हाम्रो सेवा।” यही सोचका साथ सन्तोष भगत आफ्नो व्यवसायिक यात्रा अझै अघि बढाइरहेका छन्।

सन्तोष भगतको जीवन कथा आत्मबल, परिश्रम र दूरदर्शिताको उत्कृष्ट उदाहरण हो। उनीजस्ता मेहनती साना व्यापारीहरूको योगदानले सुन्दरहरैंचाजस्ता शहरहरूमा विकासको गतिलाई तीव्र बनाइरहेको छ। संघर्षको मिठास चाख्न चाहने प्रत्येकका लागि उनको यात्रा एक प्रेरणाको स्रोत बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *