“तेस्रो बार्षिक उत्सवमा ‘ केयर गिभर तालिम’ कार्यक्रम भव्य रुपमा सम्पन्न”
सुन्दरहरैंचा, साउन ७ गते
इटहरीमा अवस्थित यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा ” केयर गिभर तालिम”को महत्त्व र उपयोगिता विषयमा प्रकाश पार्दै, संस्थाका प्रबन्ध निर्देशक नरेन्द्र दंगालले क्यान्सर र दीर्घकालीन रोगबाट ग्रस्त बिरामीहरूको हेरचाहमा केयर गिभरको भूमिका अपरिहार्य रहेको बताएका छन्।
कार्यक्रममा सुनसरीका अग्रज पत्रकार अमर खड्का, लिला राज भट्टराई लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले नागरिक समाजका सदस्यहरूलाई हेरचाह गर्ने कार्यमा अझ बढी संलग्न हुने र यस क्षेत्रमा प्रगति गर्न अपील गरेका छन्।
सीप र दक्षताको महत्व:
कार्यक्रमको प्रमुख आकर्षण प्रबन्ध निर्देशक नरेन्द्र दंगालको सम्बोधन थियो। उनले युवाहरुलाई विदेशमा रोजगारीका अवसरहरू हासिल गर्नको लागि समयमै दक्षता हासिल गर्न आग्रह गरे। उनले भने, “सीप सिकेर दक्ष बनेर मात्र विदेश जानुपर्छ, जसले आत्मनिर्भर जीवनशैलीको बाटो खोल्छ।”
विदेश रोजगारी र अवसर:
यलम्बर ट्रेनिङ सेन्टरले इटहरी र वरपरका युवाहरुलाई सुलभ शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्दै आएको छ। यहाँ तालिम लिएका युवाहरूले जापान, कोरिया, युरोप लगायतका मुलुकमा रोजगारीका अवसर प्राप्त गरेका छन्। प्रशिक्षार्थीहरूले यहाँ प्राप्त तालिमका कारण राम्रो पारिश्रमिक र सुरक्षित कार्य वातावरण पाउने मौका पाएका छन्।
केयर गिभर तालिम र यसको महत्त्व:
‘केयर गिभर’ अर्थात् ‘हेरचाह कर्ता’ भनेको व्यक्ति हो जसले आफ्नो हेरचाह गर्न नसक्ने वृद्ध, अपाङ्ग वा रोगीलाई शारीरिक, मानसिक तथा औषधोपचारमा सहयोग पुर्याउँछ। नेपालमा वृद्ध जनसंख्या र युवापलायनका कारण ‘वल्ड एज होम’ र अन्य हेरचाह केन्द्रहरूको आवश्यकता बढ्दै गएको छ। यस कारण, ‘केयर गिभर’को तालिम र दक्ष जनशक्तिको माग तीव्र रूपमा बढ्दो छ।
भविष्यका योजनाहरू:
यलम्बर केयरगिभर ट्रेनिङ सेन्टरले आगामी दिनमा अझ प्रयोगात्मक र अन्तर्राष्ट्रिय स्तरको तालिम कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसले प्रशिक्षार्थीहरूलाई उच्च गुणस्तरीय तालिम र रोजगारीका अवसरहरू थप प्रदान गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा सुनसरीका विभिन्न क्षेत्रका क्यारिगिवर प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले भविष्यमा यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने आशा प्रकट गरेका छन्।

