सांसद डा. शर्मा पहलमा सिंचाई विस्तार, कर्जुनवामा डिप बोरिङ्ग सुरु

एलएन गच्छदार / सुन्दरहरैंचा, मोरङ
माननीय संघीय सांसद डा. सुनिल कुमार शर्माको विशेष पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नं. ११, कर्जुनवामा डिप बोरिङ्ग जडान कार्य सुरु गरिएको छ।

तराईमधेश भूमिगत जल सिंचाइ कार्यक्रम अन्तर्गत सांसद शर्माले मोरङ क्षेत्र नं. ३ अन्तर्गतका किसानहरूको हितलाई ध्यानमा राख्दै करिब ८५० बिघा खेती योग्य जमिनमा सिचाई सुविधा विस्तार गर्ने दीर्घकालीन योजना अनुरूप यो कार्य अगाडि बढाइएको हो।

डिप बोरिङ्गको स्थापना सँगै सो क्षेत्रका कृषकहरूलाई वर्षभरि भरपर्दो सिंचाई सुविधा उपलब्ध हुने विश्वास गरिएको छ। यसबाट सिंचित क्षेत्र विस्तार भई उत्पादन बढ्ने र कृषकहरूको आर्थिक अवस्था सुदृढ हुने अपेक्षा गरिएको छ।

सांसद शर्माले आगामी दिनमा मोरङ क्षेत्र नं. ३ लाई कृषिमुखी क्षेत्रको रूपमा विकास गर्न अझ प्रभावकारी पहल जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *