सफल सिद्धार्थ एकेडेमीको `स्पोर्ट्स मिट २०८० सुरु
एलएन गच्छदार
पुष ६ गते / सुन्दरहरैंचा
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ५ बाँसबारीमा रहेको सफल सिद्धार्थ एकेडेमीको `स्पोर्ट्स मिट २०८०´ सुरु भएको छ । विहीवार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच खेलकुद कार्यक्रम उद्घाटन गरिएको हो। कार्यक्रमको सभाध्यक्ष स्कुलका प्रधानाध्यापक सबिता ढकालले गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै सफल सिद्धार्थ एकेडेमीका निर्देशक राजन लम्सालले खेलकुद मिटको पूर्ण सफलताको कामना गर्दै व्यक्ति र शारीरिक स्वास्थ्य विकास मदत संगै स्कुलबाट खेलाडीहरू उत्पादन गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।
![](https://janacharchatimes.com.np/wp-content/uploads/2023/12/IMG20231221113813_01-1024x576.jpg)
उद्घाटन कार्यक्रमका विद्यालयका प्रधानाध्यापक सबिता ढकालले आफ्ना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र सर्वपक्षीय विकासका लागि विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गरेकी छिन ।
उक्त स्पोर्ट्स मिट २०८० मा प्रि-प्राइमरी, प्राइमरी, बेसिक र सेकेण्डरी लेभलका बिधार्थीको सहभागिता साथै आन्तरिक र बाह्रय गरी ३० भन्दा बढी खेल हुनेछ । सो कार्यक्रमको बिधिवत समापन आइतबार हुने एकेडेमीले जानकारी दिएका छन् ।