“फौजदारी न्याय प्रणाली सुधारको आवश्यकतामाथि जोड दिँदै तालिम सम्पन्न”

 

२०८२ साउन ७

मोरङ विराटनगर, फौजदारी कानुनका विविध विषयको आधारभूत तालिम विराटनगरमा सम्पन्न भएको छ।

मिति २०८२ साउन १ गते नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा डा विजय प्रसाद मिश्रबाट उद्दघाटन भएको फौजदारी कानून सम्बन्धी ७ दिने आधारभूत तालिम आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

कानून व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव वडालको प्रमूख आतिथ्यता तथा कानून व्यवसाय परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मूख्य न्यायाधीश राजन प्रसाद भट्टराई, कोशी प्रदेशका मूख्य न्यायाधिवत्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ति, मोरङ बार एशोसिएसन अध्यक्ष हरिशंकरमण्डल, झापा बार एशोसिएसनका अध्यक्ष बसन्त नेपाल लगायत पूर्व पार्षद समेतको उपस्थिति रहेको थियो।

फौजदारी न्याय प्रणालीलाई थप ब्यबस्थित बैज्ञानिक, आधुनिक र पीडितमैत्री बनाउन फौजदारी संहितामा संशोधनको आबश्यकता रहेको छ भनि प्रमुख अतिथि बडालले बताउनु भयो। उहाले नवप्रवेशी कानून ब्यबसायीहरुको क्षमता विकास गराउन यस्ता कार्यक्रम संचालन गरिएको बताउदै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई धन्यवाद समेत दिनूभयो।

सहभागीहरूको तर्फबाट मन्तब्य राख्दै झापा बार एशोसिएसनकी सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत “सिता”ले यस्ता तालिमबाट फौजदारी कानुनका विविध विषयमा सहभागीहरूलाई महत्वपूर्ण शिक्षा, ज्ञान र क्षमता प्राप्त भएको छ भनी बताउनु भएको थियो।

कानून ब्यबसायी परिषद अन्तर्गत लयर्स एकेडमी समितिको आयोजना र कानुन ब्यबसायी परिषद कोशी प्रदेश सम्पर्क कार्यालय विराटनगरको सह आयोजनामा आयोजित कार्यक्रममा फौजदारी कानूनका विज्ञ प्रशिक्षक उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रशिक्षण दिनु भएको उक्त तालिममा मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट ४५ जना भन्दा बढी नबप्रबेशि कानून व्यवसायीहरूको सहभागिता रहेको थियो भनि अधिवक्ता बस्नेतले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *